निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सीमानाका तीन दिन बन्द गरिने

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार

बैतडी, ५ मंसिर । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सीमानाका तीन दिनका लागि बन्द हुने भएको छ ।

मंसिर १० गते प्रदेश नं ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ । बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका
निर्वाचनका लागि ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

मंसिर ७ गते राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवतजावत बन्द गरिने र उक्त समयमा बिरामीबाहेक अरु साधन र पैदलयात्रुले नाकाबाट आवतजावत गर्न नपाउने प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट