वृद्धाश्रममा ५२ लाखको अक्षयकोष स्थापना

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

पोखरा, ४ मंसिर । पोखरा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खान, बस्न, स्वास्थ्य उपचार, वर्षको एकचोटी देशका विभिन्न ठाउँको भ्रमण गराउने उद्देश्यले विभिन्न महानुभावको सहयोगमा ५२ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । उक्त वृद्धाश्रम संचालक समितिका अध्यक्ष टीकाबहादुर भण्डारीका अनुसार पोखरा लेखनाथ महानगरपालिका–१७ सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा ५२ लाख ५८ हजारको अक्षयकोष स्थापना गरिएको हो ।

छोराछोरीबाट अपहेलित, आफन्त कोही नभएका बेसहारा र तिरस्कृत १६ जिल्लाका ५६ वृद्धवृद्धा सो वृद्धाश्रममा बसोबास गर्दै आएका छन् । वृद्धाश्रममा ६० वर्षदेखि सय वर्षसम्मका ३१ महिला र २५ पुरुष रहेका छन् । अक्षयकोषलाई बढाएर एक करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट