पुत्र शोकमा रहेका प्रचण्डलाई भेट्न देउवा, ओली र नेपाल प्रचण्ड निवासमा

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

काठमाडौं, ४ मंसिर । एक साता लामो चुनावी भ्रमण सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले पुत्र शोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास लाजिम्पाट पुगेर प्रकाशप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन् ।

उनीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि दाहाल दम्पतीलाई भेटेर समवेदना व्यक्त गरेका छन् । आइतबार बिहान प्रचण्डका एक्ला छोरा प्रकाशको आकस्मिक हृदयाघातका कारण निधन भएको थियो ।

पुत्र शोकमा रहेका प्रचण्डले मंगलबारदेखि चुनावीसभामा सहभागी हुने पारिवारिक स्रोतले बताएको छ । मंगलबार वामगठबन्धनका तर्फबाट चितवनमा हुने चुनावीसभामा प्रचण्ड सहभागी हुने उनका भाइ नारायणप्रसाद दाहालले जानकारी दिए । अध्यक्ष दाहाल ७ गते काठमाडौंमा छोरा प्रकाशको श्रद्धाञ्जलि कार्यक्रम गरेपछि नियमित चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको परिवारले बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट