एमबीबीएस प्रवेश परीक्षा रद्द, अर्को परीक्षा चाँडै हुने

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

काठमाडौं, ४ मंसिर । चिकित्साशास्त्र अध्ययन संस्थानले असोज २८ मा लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशनअनुसार स्नातक तह प्रवेश परीक्षा संचालन समितिको आइतबारको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

अब अर्को परीक्षाको मिति चाँडै नै घोषणा गरिने जनाइएको छ भने उक्त परीक्षामा सात मेडिकल कलेजका छ सय २५ सिटका लागि आठ हजार आठ सय २७ जनाले परीक्षा दिएका थिए । प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेकोले परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो । विश्वविद्यालयले गठन गरेको छानबिन समितिले समेत परीक्षा अमर्यादित भएको निस्कर्ष निकालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमअनुसार रद्द गर्न आईओएमलाई निर्देशन दिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट