ग्रामर र बाबालाई उपाधि

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

राजेश थापा मगर
काठमाडौं, ४ मंसिर । प्रथम कान्जिरोवाकपथ्री अन थ्री अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको अन्तर्गत ब्वाईज तर्फको उपाधि ग्रामर स्कुलले जितेको छ । आईतबार कोटेश्वरस्थित कान्जिरोवा नेसनल स्कुलको कोर्टमा भएको फाईनल खेलमा ग्रामरले नालान्डालाई १७–१३ को स्कोरमा पराजित गर्दै उपाधि जितेको हो ।

ग्रामरलाई जिताउन रमन नापितले ९, सौगात राईले ५ तथा हेमराज सोनीले ३ अंक जोडेका थिए । त्यस्तै गल्र्सतर्फको फाईनलमा बाबाले न्यू भिजनलाई ७–६ को झीनो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । बाबाको जितमा सोनाम डिकी लामाले ५ तथा सोनी शेर्पाले २ स्कोर गरेका थिए ।

प्रतियोगिताको ब्वाइजतर्फ ग्रामरका सौगात राई तथा गल्र्सतर्फ बाबाकी सोनाम डिकी लामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रविन्द्र महर्जन, कान्जिरोवाका चेयरम्यान कपिलदेव रेग्मीलगायतले पुरस्कृत गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट