मृत अवस्थामा फेला परे गुप्तेश्वर गुफाका सहायक पूजारी

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

फलेवास, ४ मंसिर । गुप्तेश्वर गुफाका सहायक पूजारीको शव गुफा नजिकै फेला परेको छ । उनी पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफाका सहायक पूजारी थिए ।

करिब ५० वर्षीय पुजारी गिरीधारी शर्मा जलजला गाउँपालिकाको लेकफाँटमा बस्दै आएका थिए । उनको हत्या गरिएको हो वा उनले आत्महत्या गरेका हुन् यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए । गुफा परिसरमा भेटिएको शर्माको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट