पर्यटक गाडीको ठक्करबाट कास्कीका थापाको मृत्यु

प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार

काठमाडौं, ३ मंसिर । पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । डिल्लीबजार ओरालोमा शनिबार राति बा१प १३०७ नं.को पर्यटक गाडीले बा८६प ९०५ नं.को मोटरसाइकललाई ठक्कर दिँदा कास्की पोखराका सञ्जय थापाको मृत्यु भएको हो ।

पर्यटक गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । बानेश्वरस्थित कन्याम ब्वाइज होस्टलमा बस्ने थापा विद्यार्थी हुन् । ठक्कर दिने पर्यटक गाडीसहित चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट