अन्तर्राष्ट्रिय व्हीलचेयर बास्केटबलको उपाधि नेपाललाई

प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

राजेश थापामगर
काठमाडौं, १ मंसिर । अन्तर्राष्ट्रिय व्हीलचेयर बास्केटबलअन्तर्गत महिलातर्फको उपाधि नेपालले जितेको छ । बिहिबार भएको दोस्रो खेलमा पनि बंगलादेशलाई ३२–१६ को स्कोरमा पराजित गर्दै तीन खेलको श्रृंखलामा नेपालले २–० को अग्रता लिँदै उपाधि जितेको हो ।

बुधबार भएको खेलमा पनि नेपालले बंगलादेशलाई २७–१६ को स्कोरमा पराजित गरेको थियो । दुई राष्ट्र सम्मेलित प्रतियोगितामा उनीहरुले एक–आपसमा तीन खेल खेल्नेछन् । नेपाली महिला टिमले शुक्रबार तेस्रो खेल खेल्दैछन् । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ भारत फाइनलमा पुगेको छ ।

३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा भारतले बंगलादेशलाई ५७–३२ ले पाखा लगाउँदै उपविजेताका हैसियतले फाइनलमा पुगेको हो । हारसँगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा भारतको भेट आयोजक नेपालसँग हुनेछ ।

प्रतियोगिताको पहिलो दिन बुधबार नेपालले बंगलादेशलाई ६२–३४ तथा भारतलाई ६०–३२ ले पराजित गर्दै विजेताका रुपमा फाइनलमा पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट