सिँचाइ राज्यमन्त्रीलाई लक्षित गरी बम विष्फोट

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार

रोल्पा, ३० कात्तिक । आज रोल्पामा सिंचाई राज्यमन्त्री एवं कांग्रेस उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ । दक्षिण रोल्पाको जौलीपोखरीमा बिहीबार दिउँसो आयोजना गरिएको आमसभामा भाग लिन बिहान सदरमुकाम लिवाङदेखि सुलीचौर, घोडागाउ हुँदै पुन सभास्थल जाने क्रममा सुवर्णावती गाउँपालिका–१ स्थित भाक्रीबाङ भन्ने स्थानमा बम प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले उम्मेदवार पुनमाथि सुत्ली बम प्रहार भएको हुन सक्ने जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार घरदैलो कार्यक्रमका क्रममा रोल्पा पुगेका गाडी सवार उनीमाथि पछाडिबाट बम प्रहार भएको हो । चुनाव विरोधी विप्लव समूहले बम प्रहार गरेका हुन सक्ने आशंका गरिए पनि विप्लव नेतृत्वको नेकपाले भने अस्वीकार गरेको छ । घटनामा कुनै क्षति भने भएको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट