दुर्घटनाबाट नुवाकोटमा एकको मृत्यु

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार

नुवाकोट, ३० कात्तिक । आज बिहान बेलकोटगढी नगरपालिका वडा नं.५ दुईपीपलमा मिनीट्रक दुर्घटना हुँदा वडा नं. ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नंं.६ बेतपानीतर्फ आइरहेको बा४ख ८१७२ नंं.को मिनीट्रक दुर्घटना हुँदा ४० वर्षका श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको हो ।

दुर्घटनाको समयमा गाडीमा चालकमात्र रहेका थिए । आवास निर्माणको सामग्री लिएर बेतपानीतर्फ आउन लागेको गाडी कच्ची सडकको मोहडामा दुर्घटना हुँदा एकसय ५० मिटर तल पुगेको थियो । शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट