सेवाग्राहीबाट १० लाख घुस लिदै गर्दा वैदेशिक रोजगार विभागका दुई कर्मचारी पक्राउ

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

काठमाडौं, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभागका दुई कर्मचारीलाई १० लाख रुपैयाँ घुस लिदै गर्दा पक्राउ गरेको छ । उनीहरु दुवै जनालाई अख्तियारको टोलीले काठमाडौंको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी फुडल्याण्डमा सेवाग्राहीसँग १० लाख लिदै गरेको अवस्थामा रंगेहात प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्ग केसी रहेका छन् । मंगलबार साँझ पक्राउ गरिएका दुवै जनालाई अख्तियारको टोलीले घटनास्थलमा नै मुचुल्का गर्ने काम गरेको थियो । उनीहरुले एक म्यानपावर कम्पनीको काम आफूहरुले गराइदिने भन्दै उक्त रकम माग गरेका थिए ।

सेवाग्राहीले उक्त कुराको सूचना अख्तियारमा दिई अख्तियारबाटै रकम लिएर मंगलबार साँझ दुवै जनालाई दिएका थिए । अख्तियारले कुन म्यानपावर कम्पनीसँग ती दुई कर्मचारीले घुस लिएका थिए भन्ने कुरा सावर्जनिक गरेको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट