फ्रेन्ड्स क्लब सेमिफाईनलमा

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

राजेश थापा मगर
काठमाडौं, २९ कात्तिक । ए डिभिजन फ्रेन्ड्स क्लब प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार नैकापस्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा फ्रेन्ड्सले आयोजक ब्राईट युथ क्लबलाई ४(३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

फ्रेन्ड्सको जितमा म्यानअफ द म्याच घोषित धिरज श्रेष्ठले ह्याट्रिक गरे भने एक गोल अफ्रिकी मुलका लावलले गरे । म्यानअफ द म्याच भएका धिरजले नगद रु ३ हजार प्राप्त गरे । त्यस्तै ब्राईटका लागि भने समिर कार्की र साहिल रानाले एक(एक गोल गरेका थिए । ब्राईटले एक गोल भने फ्रेन्ड्सको तर्फबाट आत्मघाती गोलको रुपमा पाएको थियो ।

नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा ए डिभिजन क्लबहरु आर्मी, पुलिस, एपिएफ, जावलाखेल, फ्रेन्ड्स, संकटा र हिमालयन शेर्पा तथा आयोजक ब्राईटको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद रु ५ लाख, उपविजेताले रु २ लाख ५० हजार तथा सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ताले जनही नगद रु ३०(३० हजार प्रँप्त गर्नेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट