यूथ ओमन विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

राजेश थापा मगर
काठमाडौं, २९ कात्तिक । भारतको गुहाटीमा हुने यूथ ओमन विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ ।

काठमाडौंमा मंगलबार एक कार्यक्रम गरी सहभागी हुन जाने ७ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाललगायतले बिदाई गरेका थिए ।

प्रतियोगितामा नेपालको तर्फबाट ४८ केजी तौल समूहमा अस्मिता दुवाल, ५१ केजीमा सन्जुमाया थिङ, ५४ केजीमा कुसुम थापा मगर र ५७ केजीमा शिसम थापा मगरले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागिहुन नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । प्रतियोगिता आगामी मंसिर ३ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट