दोहा-कतारमा निर्माण भयो पहिलो सालैजो गीत (भिडियोसहित)

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार

काठमाडौं । नेपाली गीत संगीतलाई जगेर्ना एवम् संरक्षण गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको मगर सांस्कृतिक संघ शाखा कतार र नेपाली कलाकेन्द्र दोहा कतारले गायक, संगीतकार डोलराज बारघरे मगर र निरु श्रीष मगरको सालैजो गीत लाहुरे दाई बजारमा ल्याएको छ ।

खेम रानामगरको शब्द संगीत रहेको उक्त गीतमा डोलराज बारघरे र निरु श्रीषको स्वर र गायक बारघरेकै संगीत संमोयाजन (एरेन्ज) रहेको छ । मोडेल तथा निर्देशक सुमन थापा मगरको निर्देशनमा बनेको गीतमा जनक लाफा मगर, सुमन थापा मगर, रोशिका लामा र पिंकी थापा मगरको अभिनय रहेको छ ।

कतारका विभिन्न ठाउँहरुमा छायांकन गरिएको गीत जनक लाफा मगरको विशेष पहल र अनुषका थापा मगर, सांस्कृतिक संघ र नेपाली कलाकेन्द्रको विशेष सहयोगमा निर्माण गरिएको हो । गीतमा भविन्द्र तामाङको छायाकंन तथा प्रविन रेस्मी मगरको सम्पादन रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट