बालाचतुर्दशी पर्वको सबै तयारी पूरा : पशुपति क्षेत्र विकास कोष

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार

काठमाडौं, २८ कात्तिक । बालाचतुर्दशी पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज पत्रकार सम्मेलनमार्फत बालाचतुर्दशीका दिन बत्ती बाल्ने निश्चित स्थान, सुरक्षाको पर्याप्त व्यवस्था, सवारी पार्किङलाई व्यवस्थित गरिएको कोषले जानकारी दिएको छ ।

यस्तै पशुपतिनाथ मन्दिर परिसरमा पराल लैजान निषेध गरिएको र बालाचतुर्दशीका दिन पाशुपत क्षेत्रभित्र स्वास्थ्य सेवा, खानेपानी र बिजुलीबत्तीको समेत राम्रो व्यवस्था गरिएको कोषले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

कात्तिक ३० गते बिहीबार साँझ दिवंगत आत्मा एवम् पितृको सम्झनामा रातभर दीप प्रज्वलत गरी भोलिपल्ट मंसिर १ गते शुक्रबार सतविजारोपण गरी यसवर्षको बालाचतुर्दशी पर्व मनाउने तयारी कोषले गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट