नेपाली भूमीमा सडक बनाउँदा भारतीय एसएसबीद्वारा निर्माण कार्यमा अवरोध

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार

कञ्चनपुर, २८ कात्तिक । कञ्चनपुरको गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै सडक निर्माणमा अवरोध गरेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर सडक निर्माण कार्यमा अवरोध गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा गत वर्ष फागुनमा कल्भर्टको विषयलाई लिएर भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर एकजना नेपालीले ज्यान गुमाएका थिए । हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद चर्किएको छ ।

स्थानीयवासीका अनुसार नेपाली भूमीमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले गरेको अवरोधका कारण अहिले सडक निर्माणको कार्य नै रोकिएको छ । प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि निर्माण काम रोकिएको बारे जानकारी प्राप्त भएको र भारतीय पक्षसँग संयुक्त छलफल गरेर निर्माण कार्य अगाडि बढाइने बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट