उम्मेदवारमाथि भइरहेका आक्रमणप्रति आयोगको चासो

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

काठमाडौं, २६ कात्तिक । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारलाई लक्षित गरेर आक्रमण गर्न थालिएको छ । निरन्तर भइरहेका आक्रमणप्रति आयोगले चासो व्यक्त गरेको छ । निर्वाचन आयोगले सुरक्षा निकायसँग आइतबार छलफल गरेको छ ।

आयोगले सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै गृहमन्त्रालय अन्तर्गत सञ्चालित सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनासँग सुरक्षा बारेमा छलफल गरेको छ । सबै सुरक्षा निकायका प्रमुखसँग मतदानको मिति नजिकिँदै गर्दा रुकुममा कम्युनिस्ट गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई लक्षित गरी अज्ञात समुहले आक्रमण गरेको थियो ।

माओवादी केन्द्रका अर्का उम्मेदवार वर्षामान पुनमाथि विद्युतीय धरापमा पारी ज्यानै लिन सक्ने आक्रमणका प्रयास भएकाले सुरक्षाको बैठक बसेको हो । कांग्रेसका नेता तथा सोलुखुम्बुबाट प्रतिनिधिसभाका उम्मेदवार बलबहादुर केसीको टोलीमाथि सांघातिक आक्रमण जस्ता घटना भएपछि आयोगले देशको शान्ति सुरक्षामा संवेदनशिलता देखाएको हो । सुरक्षा निकाय थप रणनीतिका साथमा अगाडी बढ्ने सम्बन्धमा छलफल भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले बताए । काठमाडौं, २६ कात्तिक । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारलाई लक्षित गरेर आक्रमण गर्न थालिएको छ ।

निरन्तर भइरहेका आक्रमणप्रति आयोगले चासो व्यक्त गरेको छ । निर्वाचन आयोगले सुरक्षा निकायसँग आइतबार छलफल गरेको छ । आयोगले सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै गृहमन्त्रालय अन्तर्गत सञ्चालित सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनासँग सुरक्षा बारेमा छलफल गरेको छ । सबै सुरक्षा निकायका प्रमुखसँग मतदानको मिति नजिकिँदै गर्दा रुकुममा कम्युनिस्ट गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई लक्षित गरी अज्ञात समुहले आक्रमण गरेको थियो । माओवादी केन्द्रका अर्का उम्मेदवार वर्षामान पुनमाथि विद्युतीय धरापमा पारी ज्यानै लिन सक्ने आक्रमणका प्रयास भएकाले सुरक्षाको बैठक बसेको हो ।

कांग्रेसका नेता तथा सोलुखुम्बुबाट प्रतिनिधिसभाका उम्मेदवार बलबहादुर केसीको टोलीमाथि सांघातिक आक्रमण जस्ता घटना भएपछि आयोगले देशको शान्ति सुरक्षामा संवेदनशिलता देखाएको हो । सुरक्षा निकाय थप रणनीतिका साथमा अगाडी बढ्ने सम्बन्धमा छलफल भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले बताए । प्रतिनिधिसभा र प्रदेशको उम्मेदवारी दर्ता हुँदासमेत शान्तिपूर्ण रहि आएको अवस्थामा अहिले भने उम्मेदवारमाथि आक्रमण हुन थालेपछि आयोगले चिन्ता व्यक्त गरेको हो । घटनामा संलग्न रहेकालाई कारवाहीको दायरामा ल्याउन नसक्दा यस्ता घटना दोहोरिन सक्ने तर्फ आयोगको ध्यानार्कषण भएको छ ।

सुरक्षा व्यवस्था कडा गर्न निर्देशन समेत  दिएको हो । सुरक्षा निकायले यस्ता घटना दोहोरिन नदिन आयोगले सुरक्षा प्रमुखलाई सचेत गराएको हो । पछिल्ला दुई घटनामा माओवादी केन्द्रका उम्मेदवारलाई लक्षित गरी आक्रमण हुने समेत राजनीतिक प्रतिशोधको भावना रहेको हुन सक्ने सुरक्षा निकायको बुझार्इ छ । त्यसलै सुरक्षा निकायले समेत यस्ता समूहको निगनारी गर्ने र अबका दिनमा निर्वाचनको वातावरण शान्तिपूर्ण रहने निर्वाचन आयोगले जनाएको छ ।

तर, निर्वाचनमा कुनै पनि समूहले निर्वाचनमा अवरोध गरी हिंसात्मक हुन नदिन दलका नेता, सुरक्षा निकाय, आयोग समेत बढी जिम्मेवार र संयमित हुनु जरुरी देखिन्छ । त्यसैले निर्वाचन शान्तिपुर्वक सम्पन्नका लागि यस्ता छिटपुट घटना घटाउनेलाई कानुनी दायरमा ल्याउनु समेत आवश्यक छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट