यस क्षेत्रको चौतर्फी विकासका लागि मेरो उम्मेदवारी : नेता कण्डेल

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

नवलपरासी, २६ कात्तिक । कांग्रेसका नेता एवंम् नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवेन्द्रराज कंडेल-(मुन्ना बाबु) ले यस क्षेत्रको चौतर्फी विकासको एजेण्डा अघि सारेर आफूउम्मेदवार बनेको स्पष्ट पारेका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्रको प्रचार प्रसारको क्रममा पाल्हीनन्दन गाउँपालिकामा आयोजित चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानमा मतदातासँग मत माग्दै नेता कंडेलले आफ्नो योजना सार्वजनिक गरेका हुन् । सो क्रममा नेता कंडेलले संविधानको प्रभावकारी कार्यान्वयन सँगै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण, सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासका एजेण्डासहित जनताको माझ आएको कंडेलले दाबी गरे ।

अधिकाशं मतदातले नेता कंडेललाई भेटेर आफ्नो समस्या राख्ने योजना बनाएका छन् । नेता कंडेल घरदैलोमा जादा समेत मतदाताले कंडेललाई भव्यरुपमा स्वागत गर्दै आएका छन् । मतदातालाई भेटर नेता कंडेलले पनि आफू जनताको सुख दुखमा साथ दिने प्रतिवद्धता जनाएका छन् । देशैभर निर्वाचनको माहोल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो । लामो समय राजनीति गरेर स्थानीय रुपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ ।

२ पटक सम्म गृहराज्यमन्त्री बनेका कंडेल कांग्रेस नवलपरासीका पूर्व सभापति र पार्टीका केन्द्रिय सदस्य समेत हुन् । सुस्ता पश्चिम नवलपरासी प्रतिनिधिसभा २ मा उनको उम्मेदवारी रहेको छ । उक्त क्षेत्रबाट प्रदेश-२ क बाट युवा नेता गुणनिधि तिवारी र २ ख बाट अर्का युवा नेता बैजनाथ जैसवाल उम्मेदवार छन् । सुस्ता पश्चिम नवलपरासी प्रतिनिधिसभा २ मा उनको उम्मेदवारी रहेको छ। उक्त क्षेत्र बाट प्रदेश २क बाट युवा नेता गुणनिधि तिवारी र २ख बाट अर्का युवा नेता बैजनाथ जैसवाल उम्मेदवार छ्न ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट