माइती नेपालकी अध्यक्ष कोइराला कांग्रेस प्रवेश

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

काठमाडौं, २६ कात्तिक । माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला कांग्रेसमा प्रवेश गरेकी छिन् । आज प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमबीच पार्टीमा प्रवेश गराएका हुन् ।

कोइरालाले सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजानसक्ने कांग्रेस मात्रै सम्भव भएकोले उक्त पार्टीमा प्रवेश गरेको जनाएकी छिन् । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा समाजसेवी कोइराला महिला तथा बालबालिका मन्त्री थिइन् । ‘सिएनएन हिरो’ बाट सम्मानित समाजसेवी कोइराला चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा तीन दशकदेखि सक्रिय छिन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट