सिंहदरबार नजिकै ट्याक्सीको ठक्करबाट एकको मृत्यु

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

काठमाडौं, २६ कात्तिक । आज बिहान सिंहदरबार चोक नजिकै ट्याक्सीको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । बा२ज २३४४ नं.को ट्याक्सीले ठक्कर दिँदा बा३३प ७४३ नं.को मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो ।

महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमेश रञ्जितकारका अनुसार ठक्कर दिँदा घाइते भएका घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको हो । प्रहरीले ट्याक्सीसहित चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट