७ वर्षे अवधिका लागि एनआईसी एशियाले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

काठमाडौं, २५ कात्तिक । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ७ वर्ष अवधिको लागि निष्काशन गर्ने भएको छ । बैंकले ९ प्रतिशत व्याजदरको एनआईसी एशिया ऋणपत्र २०८१/८२’ निकाल्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डको स्वीकृत पश्चात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (२ अर्व ४० करोड) व्यक्तिगत र २० प्रतिशत (६० करोड) सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे छ ।

ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा बैंकले नियुक्त समेत गरेको छ । एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली बीच ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट