जनार्दन शर्मा चढेको गाडीमा बम प्रहार

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

रुकुम, २४ कात्तिक । चुनावी प्रचारप्रसारका लागि पश्चिम रुकुममा रहेका वाम गठवन्धनका उम्मेदवार एवं विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गर्दै चारजहारी नगरपालिका-८ को गोइरीमा २ वटा बम प्रहार भएको छ ।

रुकुम प्रहरीले चोरजहारी उपत्यकाको चुनावीसभाबाट घरदैलो गरेर फर्कदै गरेका शर्माको गाडीमा बम आक्रमण भएको जनाएको छ । बम प्रहारबाट कुनै क्षति नभएकाले बम आक्रमण तर्साउने नियतले गरेको प्रहरीले अनुमान लगाएको छ ।

बम प्रहार कार्यमा संलग्न व्यक्तिका खोजी भइरहेको रुकुम प्रहरीले जनाएको छ । रेडबुलको बट्टामा राखिएको बम एउटा पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट