७ वर्षीय बालिकालाई करणी गर्ने किशोर पक्राउ

प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

विपुल अधिकारी
पाँचथर, २४ कात्तिक । गत कात्तिक १६ गते स्थानीय ७ वर्षीया बालिकालाई जबरजस्ती करण गरेको आरोपमा प्रहरीले पाँचथरको फाल्गुनन्द गाँउपालिकाका १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

कात्तिक १६ गते बिहान बालिकालाई जबरजस्ती करणी गरेको भन्दै किशोरविरुद्ध पीडितका परिवारले बुधवार जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएका थिए ।

उजुरीपछि आरोपित किशोरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई बिहीबार पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट