नेपाल सेवा लघुवित्तको मुनाफा ओरालो झर्यो

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहीबार

काठमाडौं, २३ कात्तिक । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको मुनाफा ओरालो झरेको छ । अघिल्लो वर्ष आठ लाख रुपैया मुनाफा गरेको वित्तीय संस्थाले आव २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा एक लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ७५ दशमलव १६ प्रतिशतले घटि हो ।

तीन करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थाले जगेडाकोषमा १२ लाख रुपैयाँ राखेको छ । जसले निक्षेपमा एकसय ३३ प्रतिशतले बढेर दुई करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ६२ दशमलव ८७ प्रतिशतले बढेर २१ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी ८६ दशमलव ९८ प्रतिशतले बढेर ३४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । संस्थाको निष्कृय कर्जा एक दशमलव ४४ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १७ दशमलव ३१ प्रतिशत रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट