धान काट्न सघाउँदै भोट माग्न थाले नवराज सिलवाल

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहीबार

ललितपुर, २३ कात्तिक । पूर्व डिआइजी तथा ललितपुर–१ का वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल घरदैलोको क्रममा खेतमै मतदातासँग गएर धमाधम धान काट्न सघाउँदै भोट माग्न थालेका छन् । आफू किसानको छोरो भएको भन्दै सिलवालले किसानसँगको ममता भित्री हृदयदेखिको भएको बताएका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा पुगेका सिलवालले मतदातालाई नमस्कार गर्दै खेतमा गएर धमाधम धान काट्न सुरु गरेका हुन् । कृषि क्रान्ति बेगर मुलुकको भविष्य उज्वल नहुने धानखेतमै प्रतिक्रिया दिएका सिलवालले ‘खातामा करोडौं हुनेले पनि अन्न नै खाने भएकाले आफ्नो पहिलो प्राथमिकता कृषि क्षेत्र मार्फत समृद्धि भएको’ बताए । सिलवाल क्षेत्र नं–१ ख का उम्मेदवार चेतनाथ सञ्जेल र बाम गठबन्धनका नेता कार्यकर्ता सहित मत माग्न पुगेका थिए ।

डुकुछापका किसानको धानखेतमा सिलवालले निकै उत्साह र जाँगरका साथ खेतालाहरुकै सीप सरह धान काटेका थिए । गोदावरी–८ डुकुछापका किसानले मत माग्न आउने उम्मेदवारले धान खेतमा ओर्ले जस्तो गरेर नाटक मात्रै गर्ने गरेकोमा सिलवालले सिकसिको नमानिकन मेहनत गरेरै धान काटेर आफूहरुको मन जितेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट