तुँवालोका कारण दिल्लीका सबै विद्यालय बन्द

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहीबार

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुँवालोका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । तुँवालोका कारण दिल्लीका सबै विद्यालयहरु बन्द गरिएका छन् ।

अधिकारीहरुका अनुसार धेरै प्रदूषित सहरमध्येमा पर्ने दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाक्न थालेको छ । प्रत्येक वर्ष जाडोको समय सुरु भएपछि दिल्लीमा बाक्लो कुहिरोको समस्या आउने गरेको छ ।

प्राप्त जानकारीका अनुसार पंजाब र हरियाणाका किसानहरुले लगातार पराल जलाइरहेका कारण उक्त परालको धूँवा दिल्लीसम्म आइरहेको र यो धूँवा आकाशमा गएर जम्ने भएकाले दिल्लीमा तुँवालोको समस्या देखिएको अधिकारीहरुले बताएका छन् ।

तुँवालो शरीरका लागि निकै हानीकारक भएको भन्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुवै राज्यका मुख्यमन्त्रीलाई प्रदूषण रोक्न बैठक बसी आवश्यक कदम उठाउँन माग गरेका छन् । दिल्ली सरकारले मानिसहरुलाई घरभित्र नै रहन सुझाव दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट