रोकिराखेको ट्याक्सीभित्र शव फेला

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

भक्तपुर, २२ कात्तिक । रोकीराखेको ट्याक्सीको पछाडि सिटमा एक व्यक्तिको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मध्यपुर थिमि–२, सानोथिमिस्थित मनोहरा फाँटमा बा१ज १०४० नं.को सेतो रंगको ट्याक्सीभित्र सर्लाही घुर्कौली घर भई हाल ललितपुरको कुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्काको शव हत्या गरेको अवस्थामा फेला परेको हो ।

खड्काको अनुहारमा ढुंगाले हानेको जस्तो देखिएको प्रहरीको भनाइ छ । मनोहरा रातो हुकभित्र हरियो भेस्ट र खैरो पाइन्ट लगाएका खड्काको अनुहारमा चिन्न नसकिने गरी चोट लागेको छ । घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाको नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जनाए । घटनाका सम्बन्धमा अपराध महाशाखाको टोलीले समेत अनुसन्धान थालेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट