वाम गठबन्धनको घोषण पत्र सार्वजनिक

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

काठमाडौं, २१ कात्तिक । मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

‘स्वच्छ निर्वाचन लोकतन्त्रको आधार, सुशासन र समृद्धिको आधार बामपन्थी सरकार’ भन्ने मूल नाराका साथ मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा राजधानी काठमाडौंलाई छिमेकी देशका रेलमार्गसँग जोड्ने र राजधानीसँग सबै प्रदेशका केन्द्रहरुलाई द्रूतमार्गले जोड्ने, आगामी १० वर्षभित्र २० हजार मेगावाट विद्युत, ५ हजार अमेरीकी डलर प्रतिव्यक्ति आय पु¥याउने जलमार्ग, पदमार्ग, केबुलकार तथा घोडेटो र गोरेटो बाटोे निर्माण, विस्तार एवं स्तरोन्नतिका बृहत् परियोजना सञ्चालन गरिनेछ र यस अवधिमा ग्रामीण क्षेत्रमा निर्माण गरिएका ८१ हजार किलोमिटर सडकहरूलाई कृषि सडकमा रूपान्तरण गरिने उल्लेख गरिएको छ ।

यस्तै, पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग निर्माण तथा अन्य भौतिक पूर्वाधारको विकास र विस्तारमा वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको घोषणापत्रमा समावेश गरिएको छ भने पूर्वपश्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्गदेखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने, हिमाली जिल्ला सदरमुकामलाई चार लेनका सडकमार्फत चीनको सीमानामा जोड्ने, हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गलाई चार लेनको बनाएर सञ्चालन गरिनेलगायतका बुँदाहरु घोषणा पत्रमा उल्लेख गरिएकोछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट