सीमापार हुन लागेका दुई युवतीको उद्धार

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

कपिलवस्तु, २१ कात्तिक । प्रहरीले आज कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका कृष्णप्रसाद रेग्मीलाई पक्राउ गरेको छ । केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेका अनुसार पक्राउ परेका राजापुर–१ बर्दिया बस्ने ३५ वर्षीय रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट