एमाले काठमाडौं निर्वाचन क्षेत्र नं ९ को बुद्धिजीवी प्रचारप्रसार कमिटी गठन

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

काठमाडौँ, २१ कात्तिक । सोमबार प्रा. भोला पोखरेलको संयोजकत्वमा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं ९ ले बुद्धिजीवी प्रचारप्रसार कमिटी गठन गरेको छ । पार्टीका उम्मेदवारलाई मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आवश्यक सुझाव उपलब्ध गराई प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यले सो कमिटी गठन गरिएको हो ।

नेता नन्दहरि गौतमले सो समितिमा विभिन्न पेशामा आबद्ध बुद्धिजीवीहरुमध्येबाट २ सय ५१ सदस्य र सोही समितिबाट ४५ सदस्य रहेको सचिवालय गठन गरिएको जानकारी दिए । सो क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा समिति गठन गरिएको हो ।

उम्मेदवार श्रेष्ठले गठबन्धनका उम्मेदवारलाई जिताउन बुद्धिजीवी मोर्चाबाट प्रचारप्रसारलगायत अन्य सहयोगका लागि भूमिका निर्वाह गर्न कमिटीलाई आग्रह समेत गरेका थिए । उनले अबको चुनावमा वाम गठबन्धनको बहुमत कायम गर्न कसैले रोक्न नसक्ने विश्वास व्यक्त गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट