कुमारी बैंकको नाफा घट्यो

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

काठमाडौं, २० कात्तिक । गत आवको पहिलो त्रैमासिकमा १३ करोड ७४ लाख नाफा कमाएको कुमारी बैंकले चालु आवको सोही अवधीमा भने जम्मा ११ करोड २० लाख मात्रै कमाउन सफल भएको छ । चालु आर्थिक वर्षमा बैंकको नाफा एक करोड ५४ लाख रुपैयाँले घटेको देखिन्छ ।

कुमारी बैंकको खराब कर्जा १.२६ प्रतिशतबाट बढेर १.९७ प्रतिशत पुगेको छ । बैंकले १४ करोड रुपैयाँ प्रोभिजन गरेको देखिन्छ । बैंकले एक अर्ब ४१ करोड ब्याज आम्दानी गरेर एक अर्ब पाँच करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी पनि ११.७६ रुपैंयाँबाट घटेर ७.५१ रुपैंयाँमा झरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट