चीनपछि अफगानिस्तानले लगायो व्हाट्सएपमा प्रतिबन्ध

प्रकाशित मिति: १९ कार्तिक २०७४, आईतवार

काबुल । चीनले अहिलेका सबै लोकप्रिय सामाजिक संजालहरुमा प्रतिबन्ध लगाएको करिब एक महिनाको अवधि पश्चात अफगानिस्तानले पनि शनिबार देशमा व्हाट्स एपमाथि २० दिनका लागि रोक लगाएको छ । समाचार एजेन्सीका अनुसार अफगानिस्तान सरकारले कतिपय नीजि दूरसंचार कम्पनीहरुलाई आफ्नो देशमा व्हाट्सएप र टेलीग्राम म्यासेजिङ सेवाहरुमाथि प्रतिबन्ध लगाउने आदेश दिएको छ ।

सुरक्षा कारणका लागि भन्दै उक्त सामाजिक संजालमाथि प्रतिबन्ध लगाइएको बताइएको छ । अफगानिस्ताका नागरिकहरुले भने यसको विरोध गरेका छन् । द न्यूर्योक टाईम्सका अनुसार व्हाट्सएप र टेलीग्राम तालिबान तथा अन्य आतंकवादी समूहले सरकारी निगरानीबाट बच्नका लागि प्रयोग गर्ने गर्दछन् । अफगानिस्तानको सरकारले केही नयाँ प्रविधि सुरु गर्नका लागि यी एपमाथि केही समयका लागि प्रतिबन्ध लगाएको जनाएको छ ।

गत महिना चीनले भिडियो, भ्वाईस च्याट र व्हाट्सएपमा तस्बिर पठाउन रोक लगाएसँगै सन्देश पठाउन समेत प्रतिबन्ध लगाएको थियो । चीनले वर्ष २००९ देखि फेसबुक, ट्विटर, इंस्टाग्राम र गुगललगायत थुप्रै इन्टरनेट कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट