कांग्रेसले गरेको दुस्प्रचारबाट एमालेलाई कुनै क्षति हुँदैन : अध्यक्ष ओली

प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

विराटनगर, १८ कात्तिक । एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले एमालेविरुद्धमा दुस्प्रचार गरिरहेको आरोप लगाएका छन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले गरेको दुस्प्रचारबाट एमालेलाई कुनै क्षति नहुने बताएका छन् ।

उनले कांग्रेसले कम्युनिष्टहरुको सरकार बनेमा अतिवादी शासन व्यवस्था आउँछ भन्दै भ्रमपूर्ण प्रचार गरेको आरोप समेत लगाए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट