सात जनाविरुद्ध परेको उजुरीको छानबिन हुँदै

प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

काठमाडौं, १८ कात्तिक । मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुमाथि परेको उजुरीको निर्वाचन आयोगले आज छानबिन गरिरहेको छ ।

निर्वाचन आयोगमा उम्मेदवारी दिएका सात जनाविरुद्ध उजुरी परेको छ । आयोगले ती उजुरीमाथि छानबिन गरी आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ ।

आयोगका अनुसार कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे आइतबारकै समय तोकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट