अनिल शाह सेन्चुरी बैंकको सीईओमा, पुस १७ देखि कार्यभार सम्हाल्ने

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

काठमाडौं, १७ कात्तिक । हाल मेगा बैंकको सीईओ रहेका अनिल शाहले पुस १७ गतेदेखि सेन्चुरी कमर्शियल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्ने भएका छन् ।

बिहीबार बसेको सेञ्चुरी बैंकको सञ्चालक समितिको बैठकले शाहलाई सीईओ बनाउने निर्णय गरेको हो । मेगा बैंकको दुई कार्यकाल सकिएपछि शाहले सेञ्चुरीमा सीईओको कार्यभार सम्हाल्न लागेका हुन् ।

एउटा बैंकमा दुई कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा व्यवस्थाअनुसार शाहले मेगाबाट अनिवार्य अवकास पाउन लागेका हुन् । शाहले पुस १७ गतेदेखि सेन्चुरी कमर्शियल बैंकमा सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट