स्वतन्त्र उम्मेदवारीमा प्रेस चौतारीका अध्यक्ष

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहीबार

कञ्चनपुर, १६ कात्तिक । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा.राजेन्द्रकुमार आचार्यका अनुसार आज बिहान १०ः२० बजे पहिलो उम्मेदवारी दर्ता कर्णबहादुर चन्दले प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा (एमाले) कञ्चनपुरका जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारीका जिल्ला अध्यक्षसमेत रहेका चन्दले निर्वाचन क्षेत्र नं. ३ को ‘क’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धनबाट उक्त प्रदेशसभाका लागि प्रकाश रावललाई उम्मेदवार बनाइएको छ । पार्टी निर्णयलाई अस्विकार गर्दै चन्द स्वतन्त्र उम्मेदवार बनेका हुन् । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा सबै निर्वाचन कार्यालयहरु भीमदत्तनगरमा स्थापना भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट