व्यस्तताले प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहीबार

काठमाडौं, १६ कात्तिक ।  कार्यव्यस्तताका कारण प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने भएका छन् । धानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीका अनुसार पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्ने भएका हुन्।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकेको छ । पार्टीका उम्मेदवार तय गर्न बुधबार रातिसम्म पार्टीको संसदीय समितिको बैठकमा व्यस्त हुनुपरेकाले प्रधानमन्त्री देउवा उम्मेदवारी दर्ता गर्न स्वयं जान नसकेको जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट