सप्तरीमा मतदाता बढे

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहीबार

सप्तरी, १६ कात्तिक । आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनका लागि सप्तरीबाट कूल तीन लाख ४६ हजार दुईसय १४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन् । यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको मतदाता संख्या तीन लाख ३१ हजार छसय ७९ रहेको थियो । यसको तुलनामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १४ हजार पाँचसय ३५ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चारवटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । सप्तरीमा नौ नगरपालिका, नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट