चौध किलो चरेससहित दुई पक्राउ

प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहीबार

कपिलवस्तु, १६ कात्तिक । हिजो विजयनगर गाउँपालिका–१ भैसियाबाट कालो रङको १४ किलो नशालु पदार्थसहित सोही गाँउपालिका वडा नं. २ का ५५ वर्षीय बिन्तिराम थारु र रोल्पा थवाङका २९ वर्षीय दीपक रोका मगर पक्राउ परेका छन् । इलाका वन कार्यालय गुगौली र इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा उक्त नशालु पदार्थ (चरेस)सहित पक्राउ गरेको हो ।

इप्रका कृष्णनगरका प्रहरी निरीक्षक सुवासकुमार गैरेका अनुसार विजयनगर गाँउपालिकाको बलैयामा दुईवटा बोरामा हालेर लागूपदार्थ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट