बस र स्कुटर ठोक्किँदा एकको मृत्यु

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

पर्वत, १५ कात्तिक । मंगलबार साँझ पर्वतको सदरमुकाम कुस्माबजारमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भई कुस्माको जिरो किमी बस्दै आएका ३३ वर्षीय धनवीर पुनमगरको मृत्यु भएको हो ।

नारायणगढबाट बागलुङ जाँदै गरेको ग१ख ५७८० नम्बरको बस र मालढुंगाबाट कुस्मा आउँदै गरेको एक स्कुटर एकापसमा ठोक्किएका थिए । स्कुटर चालक पुनमगरको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बसका चालक भने सकुशल छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट