आफ्नै भाइले गरे दाजुको हत्या

प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलवार

गाईघाट, १४ कात्तिक । जग्गाको विवादका कारण आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ घर बनाउनका लागि दाजुसँग जग्गाको कुरा गर्दै आएका भाइले कुरामा सहमति नभएपछि दाजुको हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय रामपुरकाअनुसार ३५ वर्षीय कृष्ण सदाले ४५ वर्षीय दाजु बिसे सदाको हत्या गरेका हुन् । प्रहरीका अनुसार दाजुको हत्या गरेर कृष्ण फरार रहेको र उनको खोजी कार्य भईरहेको छ ।

मादक पदार्थ सेवन गरेका दुवै दाजुभाइबीच जग्गाको विषयमा झगडा सुरु भएपछि कृष्णले दाजुलाई घरभित्रबाट खुकुरी निकालेर टाउकोमा प्रहार गरेपछि दाजुको घटनास्थलमा नै मृत्यु भएको थियो ।

इप्रका रामपुरका प्रमुख सुवास राईले भाइले दाजुलाई खुकुरी प्रहार गरेको छल्न खोज्दा भाउजू सुमनीको हातको पाखुरामा गम्भीर चोट लागेको र हाल उपचार भइरहेको जानकारी दिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट