बिर्तामोडको निषेधाज्ञा हट्यो

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

झापा, १३ कात्तिक । शुक्रबारदेखि बिर्तामोडमा लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको हो ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले शुक्रबार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ताबजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । अहिले निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट