आगामी निर्वाचनको टिकटका लागि यादव अनशनमा

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

राजविराज, १३ कात्तिक । राजपा(नेपाल)का नेता लक्ष्मण यादव अगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै दुई दिनदेखि आमरण अनशनमा बसेका छन् । सातबुँदे माग अघि सार्दै राजपा सप्तरी क्षेत्र नं. २ का सभापतिसमेत रहेका यादव राजविराजस्थित गजेन्द्र चोकमा अनशनमा बसेका हुन् ।

उनले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको आरोप लगाएका छन् । वि.सं. २०४८ देखि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिमा लागेका उनी स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदका आकांक्षी थिए । ‘नेतृत्वले प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिएको थियो,’ भन्दै उनले जनआन्दोलन र मधेश आन्दोलनका अगुवाइलाई पाखा लगाई नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट