आफैंले चलाएको ट्याक्टर पल्टिदा चालकको मृत्यु

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

नवलपरासी, १३ कात्तिक । आइतबार साँझ नवलपरासीको रामग्राम–१७ पिप्रैयामा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । खेत जोतेर फर्किने क्रममा ट्याक्टर आफैं अनियन्त्रित भई रामग्राम–१७ पिप्रैया बस्ने ४० वर्षीय चालक मोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार पिप्रैयामा खेत जोतेर फर्किने क्रममा भे१त ४०६६ नं. को ट्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिँदा चौधरीको मृत्यु भएको हो । मृतक चौधरीको शव परीक्षणका लागि परासी ल्याइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट