समितिद्वारा बालकको मृत्यु प्रकरणबारे अनुसन्धान शुरु

प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार

झापा, १२ कात्तिक । गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे अनुसन्धान शुरु गरेको छ । सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान शुरु गरेको हो ।

झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीका अनुसार जिल्ला प्रशासन कार्यालयमा बिहान आयोजित सुरक्षा समितिको बैठकमा बालक मृत्यु प्रकरण र बिर्तामोड घटनाका बारेमा आजैदेखि अनुसन्धान शुरु गरिएको छ ।

समितिमा नेपाल प्रहरीका रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल रहेका छन् । समितिले बिर्तामोड घटनाका बारेमा अनुसन्धान गरी सात दिनभित्र रायसुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट