कमल गाउँपालिकाको बजेट ३३ करोडबढी

प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार

झापा, १२ कात्तिक । ‘समृद्ध कमल हाम्रो सरोकार’ भन्ने नाराका साथ झापाको कमल गाउँपालिकाले आव २०७४/०७५ को बजेट ३३ करोडबढी सार्वजनिक गरेको छ । शनिबार सम्पन्न प्रथम गाउँसभामा गाउँपालिका उपाध्यक्ष बेनु सिवाकाटीले ३३ करोड ३३ लाख ७३ हजार छ सय रुपैयाँको आयव्यय विवरण सार्वजनिक गर्दै आन्तरिक आयतर्फ १० करोड ७९ लाख तथा बाह्यतर्फ ३२ करोड २५ लाख ८३ हजार छ सय रुपैयाँको बजेट विनियोजन गरिएको बताए ।
गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेका अनुसार प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको भौतिक संरचना निर्माण, सडक विस्तार तथा कल्भर्ट निर्माण, खानेपानी तथा ढल निकासको समुचित व्यवस्थापन, शिक्षा, स्वस्थ्य, कृषि, पशुपालन, सहकारी, बजार विस्तार, ग्रामीण विद्युतीकरण, उद्योग कलकारखाना स्थापना, पर्यटन, वातावरण तथा विपद् व्यवस्थापनसहितका योजना समेटिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट