पुन दम्पतीद्वारा सात रोपनी जग्गा विद्यालयलाई

प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार

पर्वत, १२ कात्तिक । पर्वतको मोदी गाउँपालिका वडा नं. ४ क्याङ्गमा किरण पुन र युगमाया पुन दम्पतीले सात रोपनी जमिन खरिद गरी स्थानीय बाजुङ्ग आधारभूत बिद्यालयलाई दान दिएका छन् । शुक्रबार पुन दम्पतीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चामबहादुर पुन र प्रधानाध्यापक अमबहादुर पुनलाई सो जमिनको लालपूर्जा हस्तान्तरण गरेका थिए ।
विद्यालयलाई भवन निर्माण र खेल मैदानका लागि आवश्यक परेको जमिन आफूले खरिद गरेर विद्यालयलाई दान दिएको किरण पुनले बताए । पुनले सात रोपनी जमिन ७ लाखमा गत वर्ष खरिद गरेका थिए । यसैगरी किरण पुन र युगमाया पुनले गएको वर्ष विद्यालयको खेलमैदान र मैदानमा प्याराफिट समेत निर्माण गरिदिएका थिए ।

लामो समयदेखि रोजगारीका लागि बेल्जियममा बस्दै आएका पुन दम्पती कै पहलमा विद्यालयका लागि संकलन गरिएको दुई लाख ५० रुपैयाँ आर्थिक सहयोगको चेक पनि सोही कार्यक्रममा विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ । संकलित सहयोगलाई अक्षयकोषको रुपमा राखेर गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति बितरण गरिने विद्यालयका प्रअ अमबहादुरले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट