कृषि क्षेत्र लथालिङ्ग : कृषि राज्यमन्त्री

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

सुनसरी, ९ कात्तिक । कृषि राज्यमन्त्री सरिता प्रसाईंले आज सुनसरीको इटहरीमा रहेको पूर्वाञ्चल कृषि अनुसन्धान केन्द्रमा आयोजित अन्तक्र्रियात्मक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मलको अभावसँगै उन्नत प्रविधिको प्रयोग र नश्ल सुधार भएका कृषिजन्य उत्पादनमा तात्विक फरक ल्याउन नसकिएको जनाएकी छन् । उनले नेपालको कृषि क्षेत्र लथालिङ्ग बन्दै गएकाले यसमा आमूल परिवर्तन नल्याई देश समृद्ध बन्न नसक्ने बताएकी हुन् ।

कसबाट कमजोरी भइरहेका छन् त्यसका लागि मन्त्रालय तथा कृषि वैज्ञानिकबीच बृहत् छलफल गरेर समस्याको पहिचान गर्न जरुरी रहेको भन्दै उनले केन्द्रको अवस्था र त्यहाँ भइरहेका कृषि अनुसन्धानका विविध विषयको स्थलगत अवलोकन समेत गरेकी थिइन् ।

साथै कृषिमा देखिएका सबैखाले समस्या समाधानका लागि इमान्दार भएर मन्त्रालयसँग बसेर निकास निकाल्न राज्यमन्त्री प्रसाईंले कर्मचारीलाई निर्देशन दिइन । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका कार्यबाहक प्रमुख रामबली पण्डित, राष्ट्रिय भौंसी अनुसन्धान कार्यक्रम संयोजक रामबली साह, बागवानी वैज्ञानिक क्षेत्रीय कृषि अनुसन्धान निर्देशक हस्तबहादुर विष्ट, मत्स्य अनुसन्धान प्रमुख उमिता साहलगायतले अनुसन्धान केन्द्रका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट