काठमाडौंमा जाडो बढ्यो

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

काठमाडौं, ९ कात्तिक । पछिल्ला चार दिनदेखि काठमाडौंलगायत अन्य क्षेत्रको तापक्रममा गिरावट आइरहेको छ ।

बुधबार बिहान ९ डिग्रीमा झरेको तापक्रम बिहिबार बढेर १२ डिग्रीमा पुगेको छ । आकाश खुल्ला भएको कारणले तापक्रम एक्कासी झरेकोले अब काठमाडौंमा बिहान र बेलुकाको समयमा जाडो नै हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका वैज्ञानिक बरुण पौडेलले जानकारी दिए ।

केहि दिन देखि उत्तरपश्चिमी वायुको प्रभाव परेकोले र हिमालतर्फबाट आउने वायु सक्रिय भएकोले जाडो बढेको पौडेलले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट