लागू औषधसहित दुई महिला पक्राउ

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

सुनसरी, ९ कात्तिक । प्रहरीले बुधबार राति सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेम्पो स्टेण्डबाट लागूऔषधसहित दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ । सुनसरी प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरी सदरमुकाम इनरुवा–४ महेन्द्रचोकका ३० वर्षीया संगीता चौधरी, सखुवागाछीका ३५ वर्षीया सुनिता चौधरी र इटहरी–४ जागृति टोलका ३१ वर्षीय गौतम गुरुङ रहेका छन् ।

विशेष सुराकीका आधारमा खटिएको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट एक हजार पिस अर्थात् नौ सय ५० पत्ता लागूऔषध नाइट्रोजन चक्की बरामद गरेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट